राजनीति

पर्यटकरुलाई मधयनजर गर्दै पर्यटन ऐन संशोधनको प्रक्रियामा छौँः राज्यमन्त्री सिर्पाली

इकागज |
मंसिर ६, २०८० बुधबार १४:५८ बजे

फाइल फोटो

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकहरुलाई मध्यनजर गरी पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताएकी छन् । 

बुधबार काठमाडौंमा भिजिट भरतपुर २०२४ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले पर्यटन क्षेत्र कच्चा पदार्थ भएकाले यसबाट नेपालले धेरै कुराहरु बनाउन सक्नुपर्ने बताइन् । उनले  नेपालमा पर्यटनका सम्भावनालाई विकासमा जोड्नुपर्ने बताइन्। उनले नेपालमा पर्यटनको उपलब्धि भनेअनुसार नहुनुमा पर्यटन नीतिहरु पनि कारक रहेको भन्दै अहिले सरकारले पर्यटन नीति संशोधन गरिरहेको बताइन्। उनले पर्यटकहरुलाई नेपालमा ल्याएर धरै दिन कसरी राख्ने र के देखाउने भन्नेबारेमा छुट्टै तालिका बनाउन जरुरी रहेको बताइन्। 


उनले भनिन्, ‘पर्यटक भनेको एउटा उद्योग पनि हो । यो कच्चा पदार्थ हो । हामीले यसबाट धेरै कुराहरू बनाउन सक्छौँ । हाम्रा सम्भावनालाई हामीले विकासमा नजोड्ने वा सम्भावनाको उपलब्धि कतै न कतै भनेजसरी हाम्रो हातमा नआउने भनेको हाम्रा कतिपय नीतिहरूले पनि हो । पर्यटन ऐन पनि संशोधनको प्रक्रियामा छ । हामी त्यसलाई विज्ञको सुझाव लिएर लामो दशकसम्म आम मान्छेको जीवनमा सरल बनाउने, आम पर्यटकहरूले त्यसलाई सरलीकृत गरेर अनुभव गर्ने गरी संशोधनको प्रक्रियामा अघि बढेको छ । पर्यटकहरूलाई नेपालमा ल्याएर धेरै दिन राख्ने कुरामा यसले मद्दत गर्नेछ । पर्यटकहरू एउटा चिजमा टार्गेट गरेर आइसकेपछि कहाँ लैजाने भन्ने लक्ष्य राख्नुपर्छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकहरुलाई एउटा सर्किटमा विकास गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्छ ।’

राज्यमन्त्री सिर्पालीले प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकहरुलाई एउटा सर्किटमा विकास गरेर पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताइन् । 


Author

थप समाचार
x