राजनीति

काठमाडौँका सिडिओले पहिला अनुमति दिएर अन्तिममा प्रतिबन्ध लगाए : दुर्गा प्रसाईं

इकागज |
मंसिर ८, २०८० शुक्रबार ११:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- दुर्गा प्रसाईंले कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् ।

भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन् ।


‘म लहानमा हुँदा काठमाडौँको सिडिओ साहेबले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनुभयो, भोलिदेखि तीनकुनेमा गर्छौँ भनेपछि हुन्छ भन्नु भएको थियो, मैले पनिहुन्छ भनेको थिएँ,’ प्रसाईंले भने । उनका अनुसार काठमाडौँका प्रमुख जिल्ला अधिकारीले पुर्वसहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन् ।


Author

थप समाचार
x