वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव
काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस र २९ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय नेपालमा गैँडा र बाघको तस्करी बढिरहेको प्रति दुःख व्यक्त गरे । उनले वन क्षेत्रका प्रमुख चुनौती दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु रहेको बताए ।
पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौती देखिएको जिकिर गरे । उनले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेको पनि बताए । उनले चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवन रेखा भएको बताए । उनले मानव वन्यजन्तु द्वन्द्वले जनमानसमा वन्यजन्तु तथा वन क्षेत्रप्रति नकारात्मक प्रभाव बढ्न जाने हुँदा दिगो समाधानका लागि अध्ययन तथा अनुसन्धान र तत्काल व्यवस्थापनको खाँचो रहेको पनि बताए ।
उपराष्ट्रपति यादवले वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया