राजनीति

ज्ञानेन्द्र शाहले झापामा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

इकागज |
मंसिर ९, २०८० शनिबार १७:४१ बजे

काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाहले झापामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।

शनिबार बिर्तामोडस्थित इकम कलेजको उद्घाटनसंगै सोही कलेजको प्रांगणमा निर्मित पृथ्वीनारायण शाहको पूर्ण कदको शालिकको पूर्व राजा शाहले अनावरण गरेका हुन् ।


पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजा समर्थक युवा समूहले बिर्तामोडमा मोटरसाइकल र्याली गर्दै कार्यक्रम स्थलसम्म स्कर्टिङ गरेका थिए । कार्यक्रम स्थलमा आउँदा सडकमा लामबद्ध भएका समर्थकहरूले पूर्व राजालाई स्वागत गरेका थिए ।


Author

थप समाचार
x