भारतमा संगठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जान सक्दैन थियो : प्रम दाहाल
'कार्यकर्तादेखि लड्ने योद्धाहरूसमेत भारतबाट पाएका छौं'
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने जिकिर गरे । उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरूले भूमिगत रूपबाट धेरै सहयोग प्राप्त गरेको बताए ।
प्रधानमन्त्री दाहालले कार्यकर्तादेखि लड्ने योद्धाहरूसमेत भारतबाट पाएको भनाइ राखे । उनले भारतमा भएका लाखौँ नेपालीहरूलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका स्व.पाख्रिनले गरेको बताए ।
भारतमा संगठन विस्तार गर्न राजनीतिक नेताहरूको भन्दा पाख्रिन जस्ता सांस्कृतिककर्मीहरूको भूमिका बढी महत्वपूर्ण रहेको बताए ।
प्रधानमन्त्री दाहालले पाख्रिनको स्मृति ग्रन्थले भावी पुस्तालाई उनको योगदानको बारेमा बुझाउने विश्वास व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया