राजनीति

समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम जारी छ : प्रम दाहाल

इकागज |
मंसिर ९, २०८० शनिबार २१:२१ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशाल खड्काको पर्यावरणीय संकट आठ अर्ब मानिसको साझा चुनौती पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले एक थरी मानिसहरू जातीय रूपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रूपले पनि धार्मिक अतिवाद र त्यसबाट कहीँ न कहीँ असहिष्णुता र भएको सामाजिक सद्भाव खलल गर्ने प्रयासमा लागेको बताए ।


प्रधानमन्त्री दाहालले कोप २८ मा नेपाल योद्धाको रूपमा प्रस्तुत हुने बताए । उनले ठूला शक्ति राष्ट्रले निम्त्याएको पर्यावरणीय जोखिमको मार भुगोलको हिसाबले साना र जनसंख्याको हिसाबले अति कम विकसित र विकासोन्मुख मुलुकले बेहोर्नु परिरहेको बताए । उनले गरिब देशहरूको मध्ये पनि बालबालिका, महिला र अशक्तहरूलाई यसको सबैभन्दा बढी जोखिम भएको बताए ।

प्रधानमन्त्री दाहालले आफ्नो अधिकार स्थापित गर्ने संघर्षको रूपमा कोप २८ मा प्रस्तुत हुने प्रतिबद्धता जनाए । 


Author

थप समाचार
x