राजनीति

सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम ब्याज खान होइन : श्रममन्त्री भण्डारी

इकागज |
मंसिर ११, २०८० सोमबार १६:५० बजे

फाइल तस्बिर

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताएका छन् ।​ सोमबार छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले सामाजिक सुरक्षाको अवधारणाका धेरै मुलुकहरूमा आर्थिक संकट परेको बेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको बताए । उनले कोषमा जम्मा भएको रकम परिचालन विविधीकरण गरेर राष्ट्रिय पुँजीको रूपमा निर्माण गरी राष्ट्र निर्माणका लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए ।


सुरक्षा कोषले लगानीलाई उपयुक्त रूपमा परिचालन गर्ने मन्त्री भण्डारीकाे भनाइ छ । उनले प्रधानमन्त्रीले अस्थायी र करारका कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुगेको बताए । उनले स्वीकृतिका लागि अर्थतन्त्र मन्त्रालयमा फाइल पठाएको त्यसलाई सरकारले अगाडि बढाएर निश्चित बाटोमा अगाडि बढाउने दाबी गरे ।

उनले श्रम ऐनमा दिएका अधिकारहरू प्रयोग गरेर श्रम मन्त्रालयले सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउने काममा प्रतिबद्ध रहेको बताए । उनले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने विषयमा रहेका कानुनी कमीकमजोरीहरूलाई सहकार्य गरेर कार्यविधि सुधार गर्दै लैजाने बताए ।


Author

थप समाचार
x