सुकुम्बासी समस्या हल गर्नका लागि ऐन संशोधन हुन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।
सोमबार माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) को वेबसाइट सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले स्वबासी, सुकुम्बासी तथा जग्गाविहीनलाई सहज रूपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । उनले सुकुम्बासी समस्या समाधानका लागि मन्त्रिपरिषदले ऐन संशोधन गर्ने निर्णय गरेको बताए ।
त्यस्तै उनले वन ऐनको पनि संशोधन गर्ने निर्णय भएको जानकारी दिँदै यसले एक प्रकारको क्रान्ति ल्याउने दाबी गरे । माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले गत केन्द्रीय समितिको बैठकले पार्टीको आइसीटी फोरम गठन गर्ने निर्णय गरेको र सोहीअनुसार काम अगाडि बढेको उल्लेख गरे । सरकारले गरेको राम्रो कामको प्रचार गर्न आग्रह समेत गरे । अरुले बरु धेरै राम्रो भयो भने बधाई दिँदा राम्रो कुरालाई राम्रो भन्न माओवादीकै संगठन तयार नभएको उनले गुनासो गरे ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिलाई सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अगाडि लैजाने बताइन् । सामाजिक सद्भाव खल्बलिने अवस्था आएकाले सरकारले सामाजिक सञ्जाल निर्देशिका जारी गरेर कार्यान्वयन गरिएको उनले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया