राजनीति

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाए

इकागज |
मंसिर १२, २०८० मंगलबार १९:१२ बजे

काठमाडौँ - प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

मंगलबार सिंहदरबारमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भटेर उनीहरुले मुलुकमा प्रदेश सरकार गठन भएका लामो समय हुँदा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रहरी समायोजनको मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।


प्रदेशमा प्रहरी समायोजन काम हुन नसक्दा प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन समस्या परेको उनीहरुको भनाइ छ । बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले अबिलम्व प्रहरी समायोजन गरि प्रदेश सरकार मातहत ल्याउन माग गरिएको जानकारी दिए । 

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले छिटो भन्दा छिटोे प्रक्रिया आरम्भ गर्ने प्रतिवद्धता जनाएको उनले बताए । 


Author

थप समाचार
x