राजनीति

माधवकुमार नेपालले भने : अन्तिम 'मुड'मा छु

इकागज |
जेठ १९, २०७८ बुधबार १८:३९ बजे

फाइल तस्बिर

काठमाडौँ : सत्तारुढ नेकपा एमाले औपचारिक विभाजन उन्मुख देखिएको छ । पार्टी एकताका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका नेताबीच वार्ता चलिरहेको छ । यसैबेला नेता नेपालले नयाँ पार्टी खोल्न आफू तयारी अवस्थामा रहेको बताएका हुन् । ओलीले नेपालसहितका ११ जनालाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि एमालेभित्रको विवाद चर्किँदो छ ।

नेता नेपालले आफूनिकट जनसंगठनको भर्चुअल भेलामा नयाँ पार्टी, नयाँ आन्दोलन विकास गर्नुको विकल्प नरहेको बताएका हुन् । 


‘आफू अन्तिम मुडमा पुगेको जानकारी नेता नेपालले आजको भेलामा गराउनु भयो,’ भेलामा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्री ओली सुध्रिने, सच्चिने संकेत मिलेको छैन । उनले जेठ २ मा फर्कने भनेर वक्तव्यबाजी पनि गर्न सक्छन् । तर, उनको विगत हेर्दा सम्झौता पालना गर्ने कुरा खण्डित हुने देखिन्छ । त्यसैले अब आन्दोलन विकास गर्नुको विकल्प छैन ।’ 


 

 
 
 
 


Author

थप समाचार
x