'राजतन्त्र केवल कल्पना मात्रै'
फाइल फोटो
काठमाडौँ - नेकपा(माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले राजतन्त्र केवल कल्पना मात्रै भएको टिप्पणी गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै पासवानले नेपाललाई हिन्दु राष्ट्र बनाउने भारतको चाहना बमोजिम नेपालमा आन्दोलनहरु भइरहेको बताए ।
उनले भने, ‘राजतन्त्र कल्पना हो । जसरी मानिसले राति सुतेको बेलामा सपना देख्छ त्यस्तै सपना देखाउन खोजिएको हो । र केही विदेशी शक्तिहरुको पनि खेल भइरहेको छ कि राजा आओस् र राजा आएपछि हिन्दु राष्ट्र कायम होस् । त्यो विदेशीको चाहना हो । भारतको सोच हो कि नेपालमा पहिला हिन्दु राष्ट्र कायम भयो भने भारतमा पनि हिन्दु राष्ट्र कायम गर्छु भनेर योजनावद्ध तरिकाले नेपालमा दुर्गा प्रसाईं जस्ता व्यक्ति, राप्रपालाई उचालेर आन्दोलन गराइरहेको छ ।’
उनले गणतन्त्रको औचित्य नसकिएको बताए । केही मानिसहरु कराउँदैमा गणतन्त्र समाप्त नहुने उनको भनाई छ । उनले राजदरबार हत्याकाण्डको छानविन गर्नुपर्ने पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया