राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक
फाइल तस्बिर
काठमाडौं - निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। नेपाल सरकारले माघ ११ गतेका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेसँगै आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्यतालिकाबारे जानकारी दिएको हो।
‘स्वीकृत कार्यतालिका अनुसार आउँदो मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भई मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ,’ आयोगले उल्लेख गरेको छ।
त्यस्तै, राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने पनि जनाएको छ।
स्वीकृत कार्यतालिका अनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति, सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ। यस्तै पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने पनि आयोगले आफ्नो कार्यतालिकामा राखेको छ।
माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान सञ्चालन गर्ने आयोगको तयारी छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया