राजनीति

'सरकारको स्वामित्वमा आउन नदिन एनसेल गलत मनसाय राखेर खरिदबिक्री भ​याे'

इकागज |
मंसिर १७, २०८० आइतबार १६:४६ बजे

काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारको स्वामित्वमा आउन नदिन एनसेलको सेयर बिक्री भएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनसाय राखेर खरिदबिक्री भएको दाबी गरेका हुन् ।

एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिर्नुपर्ने क्यापिटल गेन ट्याक्स छली गर्न खोजिएको उनले बताए । उनले एनसेलको सेयर ५० मिलियन डलरमा बिक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार रहेको जिकिर गरे ।


सिंहले एनसेलको सेयर बिक्रीमा नेपालका नेताहरूको पनि संलग्नता रहेको आरोप लगाउँदै नेताहरूलाई अर्बमा फाइदा भए पनि नेपाली जनतालाई भने खर्बौं घाटा लागेको तर्क गरे ।​ उनले एनसेल चार वर्षपछि नेपाली जनताको सम्पत्ति हुने बताउँदै अहिले भएको अपारदर्शी खरिदबिक्री नेपाली जनताले सडकमा आएर रोक्नुपर्ने धारणा राखे । 


Author

थप समाचार
x