राजनीति

कर छलीको अर्को ठूलो आर्थिक घोटाला र भ्रष्टाचार एनसेल खरिद प्रकरण: सांसद केसी

इकागज |
मंसिर १८, २०८० सोमबार १६:१८ बजे

फाइल तस्बिर

काठमाडाैँ – प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले एनसेल खरिद बिक्री प्रकरणमा​आफ्नाे धारणा सार्वजनिक गरेका छन् ।

आइतबार सामाजिक संजाल एक्समा ट्वीट गर्दै उनले कुनै पनि सेयरको दायित्व परिवर्तन हुँदा कानुन अनुसार राष्ट्रलाई तिर्नु पर्ने कर छलीको अर्को  ठूलो आर्थिक घोटाला र भ्रष्टाचारको रुपमा एनसेल खरिद प्रकरण देखिएको उल्लेख गरेका हुन् ।


सांसद केसीले भने, '१ खर्ब ६४ अर्बमा एजियाटाले किनेको एनसेल ६ अर्बमा बिक्री हुनु, ५ प्रतिशत सेयरको ७ अर्ब र ८० प्रतिशत सेयर बिक्री मूल्य ६ अर्ब भएको कुरा नै सत्य हो भने यो चरम भ्रष्टाचार हो भन्ने कुरा आफैंमा  प्रमाणित हुन्छ।'

केसीले यस्तो राष्ट्रिय लुटमा राज्य संयन्त्र किन टोलाएको छ ? क–कसको  मिलोमतो छ? भनेर प्रश्न समेत गरेका छन् । उनले सरकार भ्रष्टाचार विरोधी भाषण मात्र होइन व्यवहारमा पनि कडा छानबिन, अनुसन्धान र कारबाहीमा उत्रिनु जरुरी भएकाे बताएका छन् । 

उनले भ्रष्टाचार विरुद्धको दृढतापूर्वकको संकल्प र अभियान नै आजको असफल अर्थतन्त्र को त्राण र आम जन निराशाको प्राथमिक उपचार हो भन्ने कुरा सत्तासीनहरूले समयमै हेक्का राख्नुपर्ने कुराकाे समेत आग्रह गरेका छन् । 


Author

थप समाचार
x