राजनीति

पदमुक्त जनमेर्चाका सांसद थापा भन्छन् : पाँच दलीय गठबन्धनको आक्रमणको हारले केही हुँदैन

इकागज |
जेठ २०, २०७८ बिहीबार १४:३३ बजे

काठमाडौँ   : पार्टीको ह्वीप उल्लंघन गरेपछि कारबाहीमा परेर पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले आफ्नो सांसद पद खारेज गर्नु इतिहासकै अनौठो मजाक भएको बताएका छन् । आजमात्रै मदमुक्त भएका थापाले सामाजिक सञ्जालमा लेखेर पाँच दलीय गठबन्धनको आक्रमणको हारले कुनै तात्विक अन्तर नपार्ने बताएका हुन् । 

‘आहा आहा हामि कम्युनिस्ट ! जीवनमा धेरै हारको सामाना गरियो । पाँच दलीय गठबन्धनको आक्रमणको हारले पनि कुनै तात्किक अन्तर पार्ने छैन । यो हार अलि रमाइलो प्रकारको पनि भयो । काङ्ग्रेसको सरकार नबनाउँदा आफनो सांसद खारेज गर्नु इतिहासमा अनौठो मजाक भयो,’ उनले लेखेका छन्, ‘इतिहासले अवश्य मूल्यांकन गर्नेछ । बागलुङ १ (ख) का सम्पूर्ण जनतामा तपाईंहरूको अभिमत विपरीत जान सकिन हजुरहरूको अभिमतलाई हार्दिक हार्दिक । अभिवादन ।’ 


 


Author

थप समाचार
x