धनगढीमा प्रधानमन्त्रीलाई १० बुँदे मागसहित १० किलोको माला
धनगढी- कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १० किलोको माला लगाइएको छ ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका-१ मा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई १० किलोको माला लगाइएको हो ।
महोत्सवको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् । सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाएका छन् ।
कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । शुक्रबार महोत्सवको १७ औं संस्करणको अवसरमा प्रधानमन्त्री दाहाललाई १० बुँदे मागपत्र बुझाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया