राजनीति

प्रधानमन्त्रीको दाबी : संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउँछौं

इकागज |
मंसिर २४, २०८० आइतबार १९:२ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने बताएका छन् ।​

आइतबार गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जालद्वारा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास गर्ने तर राष्ट्रिय सहमति हुन नसके बहुमतको आधारमा टुंग्याउने जिकिर गरे ।


उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा पुस पहिलो साता सकिने र त्यसपछि संसद् अधिवेशन आह्वान हुने बताए । उनले अब बस्ने सदनमा पहिलो एजेण्डाको रूपमा संक्रमणकालीन न्यायलाई प्रवेश गराउने प्रतिबद्धता समेत जनाए ।

प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोसिस भइरहेको पनि उल्लेख गरे ।


Author

थप समाचार
x