राजनीति

दोस्रो चरणमा भूकम्प पीडितका लागि अस्थायी टहरा निर्माण गर्ने कांग्रेसको निर्णय

इकागज |
मंसिर २५, २०८० सोमबार १२:५३ बजे

काठमाडौँ–नेपाली कांग्रेसले आगामी मंसिर २६ गतेदेखि पौष ६ गतेसम्म भूकम्प प्रभावित क्षेत्रमा दोस्रो चरणको अस्थाी टहरा निर्माण गर्ने निर्णय गरेको छ ।महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यस अवधिमा केन्द्रीय सदस्यको नेतृत्वमा घर टहरा निर्माण, समन्वय र सहजिकरणका लागि नयाँ टोली रहनेछन् । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल लोकतान्त्रिक खेलकुद संघका छुट्टाछुट्टै टोली खटिनेछन् भने लुम्बिनी प्रदेशका सबै जिल्लाहरू, कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा गण्डकी प्रदेशको बागलुङ जिल्लाको टोली समेत अस्थायी घर टहरा निर्माणमा खटिने बैठकको निर्णयमा छ ।  


भूकम्प प्रभावित क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट १ हजार अस्थायी घर टहरा निर्माण गर्ने काँग्रेसले प्रतिबद्धता जनाएको छ । यसअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जाजरकोट र रुकुम पश्चिम पुगि अस्थायी टहरा निर्माणको सुरुवात गरेका थिए । 


Author

थप समाचार
x