राजनीति

अहिले सरकारले गरेको गल्ती ढिलो चाँडो कानुनी दायरामा आउँछः मन्त्री शर्मा

इकागज |
मंसिर २६, २०८० मंगलबार १६:५६ बजे

फाइल फोटो

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने बताएकी छिन् । 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउने बताएकी हुन् ।  उनले गणतन्त्रमा कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताइन् । उनले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताइन् । उनले गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको इन् । 


उनले भनिन्, ‘हिजो निरंकुश राजतन्त्र थियो । तर हिजो कसैले गल्ती कमजोरी गर्दा त्यो गल्ती कमजोरी कुनै कानुनको आकर्षण बन्न सक्दैन थियो । कुनै कानुन आकर्षित हुन सक्दैन थियो । उनीहरुमाथि कुनैपनि कारबाहीको कुरा हुन सक्दैन थियो । तर आज हामी यो परिवर्तित व्यवस्थामा छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रमामा छौँ । त्यसकारणले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउँछ । यो व्यवस्थामा यो गणतन्त्रमा संविधान भन्दा माथि कानुन भन्दा माथि निगरानी भन्दा माथि कोही पनि हुन सक्दैन । गल्ती गर्ने छुट गणतन्त्रमा छैन । यसलाई स्थापित गर्न आवश्यक छ ।’

सञ्चारमाध्यमले सुदृढिकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउनु नहुने बताइन् । 


Author

थप समाचार
x