राजनीति

दुई सय भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री

इकागज |
मंसिर २७, २०८० बुधबार १७:४२ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न बाध्यताका कारण दुई सय भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताएका छन् 

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित विश्वविद्यालयको २९औंँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले उनीहरूलाई सकुशल फिर्ता ल्याउन  सरकारले हरसम्भव प्रयास गरिरहेको बताए । 


“नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्”, उनले भने, “म आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको काम पनि गर्न सकिन्छ ।”
 


Author

थप समाचार
x