धरौटी वापतको बैंक ग्यारेन्टी बुझाउन खाण काठमाडौँ जिल्ला अदालतमा
फाइल तस्बिर
काठमाडौँ- नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
पूर्व गृहमन्त्री खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै छोड्नका लागि प्रक्रिया पुर्याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो । खाणले काठमाडौँ जिल्ला अदालत पुगेर ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् ।
सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाणलाई छोडिने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया