राजनीति

सम्पदा क्षेत्र सार्वजनिक खरिद ऐन २०६३ अनुसार निर्माण नगरौँ : मेयर महर्जन

इकागज |
पुस २, २०८० सोमबार १३:८ बजे

फाइल तस्बिर

काठमाडौँ- ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाइ ओभरहरू सबै एक चरणमा बनाउनुपर्नेमा जोड दिए । उनले सम्पदा सहरका मन्दिर, देवालयहरू टेण्डर बनाएर काम काम सम्पन्न हुनै धेरै समय लाग्ने बताए ।


‘ग्वार्कोको फ्लाइ ओभर छिटो बनोस् । यहाँको ट्राफिक व्यवस्थापन यति अस्तव्यवस्त भयो कि कुरा गरेर साध्य छैन । एकान्तकुना, ग्वार्कोसहितका तीन वटा पुल एकैपटक बनाऔँ । चाहे २४ वा ३० महिना लागोस् । त्यसको लागि एउटा पुल बनाउन ललितपुर महानगरपालिकाले लगानी गर्नेछ । म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछु' मेयर महर्जनले भने 'यही वर्षमा १२ करोड र अर्को वर्षमा १२ करोड राखौँ सकिन्छ । तर एकै पटकमा सबै सक्नुपर्छ । यो सम्पदा सहरका मन्दिर, देवालयहरू टेण्डर बनाएर काम गर्दा केही हुँदैन । सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग नगरी बनाएका मन्दिरहरू छिटो बनेका छन् । यो ठूलो कुरा हो । सार्वजनिक खरिद ऐन, २०६३ लगाए कुनै पनि मन्दिर बन्दैनन् । सम्पदा क्षेत्र निर्माणका लागि सार्वजनिक खरिद ऐन नलगाइदिनुस् ।’

मेयर महर्जनले ओखरपौवाका जनतालाई काठमाडौँ उपत्यकाका मानिसले पाप दिएको जस्तो भएको भन्दै त्यसो गर्नु नहुने बताए । उनले दीर्घकालीन रुपमा काठमाडौँ उपत्यकाको फोहोर चाँडो व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।


Author

थप समाचार
x