राजनीति

पानी माग्दै काठमाडौँमा नेविसंघको नारा : मेलम्चीको पानी, हामीले कहिले खाने ?

इकागज |
पुस ४, २०८० बुधबार १३:२६ बजे

काठमाडौँ- मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्ध नेपाल विद्यार्थी संघले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलब्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौँ जिल्ला कार्यसमितिले काठमाडौँमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले 'मेलम्चीको पानी, हामीले कहिले खाने ? मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गरलगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।


नेविसंघ काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष अशुंल केसीले मेलम्ची आयोजनामा अनियमितता र भ्रष्टाचार भएकै कारण लामो समयसम्म मेलम्ची खानेपानी सहज रुपमा उपत्यकामा वितरण हुन नसकेको बताए ।

उनले मेलम्ची खानेपानी छिटो ल्याउने वातावरण बनाउन खवरदारी गर्ने उदेश्यले प्रदर्शन गरिएको जिकिर गरे ।

मेलम्ची खानेपानीमा अब पनि ढिलाई भए थप आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ । 


Author

थप समाचार
x