राजनीति

कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल प्रारम्भ

इकागज |
पुस ६, २०८० शुक्रबार १६:३० बजे

काठमाडौँ- कानुन, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको छ । समितिको शुक्रबारको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको हो ।

शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत समिति सदस्यहरूले आगामी दिनमा विधेयकमाथिको छलफललाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा धारणा राखेका थिए । समिति सभापति बिमला सुवेदीले समितिको आगामी बैठकबाट विधेयकमाथि दफावार छलफल हुने बताइन् ।


उनले आगामी दिनमा विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुतकर्ता सदस्यहरूसँग छलफल, विधेयकका सरोकारवाला मन्त्रालय/निकायहरूसँग छलफल र विधेयकका सरोकारवाला संघ, संस्था वा समूहहरूसँग छलफल हुने बताए । त्यसपछि विधेयकका विषयमा दफावार छलफल, प्रतिवेदन लेखन र विधेयकको प्रतिवेदन पारितको कार्यसूची रहेको उनले बताए ।

समिति सभापति सुवेदीले अब समितिको बैठक सार्वजनिक बिदाको दिन बाहेक नियमित रूपमा बस्ने भन्दै बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई आग्रह गरिन् । समितिको आगामी बैठक पुस ८ गते आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । 

 


Author

थप समाचार
x