राजनीति

पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै प्रदर्शन

इकागज |
पुस ९, २०८० सोमबार १६:२२ बजे

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै प्रदर्शन भएको छ । 

सनातन धर्मावलम्बीहरू सोमबार गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन् । 


उनीहरूले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा मागेका थिए । विरोध प्रदर्शनमा सहभागी भएकाहरूले मन्त्री किराँतीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको बताए । 

उनीहरूले गैरजिम्मेवार मन्त्री राजीनामा दे, आफ्नो मर्यादा पालन गर लगायतका प्लेकार्ड र नाराबाजी गरेका थिए । 


Author

थप समाचार
x