राजनीति

रक्षा र गृहसहित सात मन्त्रालय प्रधानमन्त्री ओलीकै मातहतमा

इकागज |
जेठ २१, २०७८ शुक्रबार १९:१६ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र रक्षासहित सात वटा मन्त्रालय आफ्नै मातहतमा राखेका छन् ।  जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह सरकारमा गएसँगै मन्त्रिपरषद् हेरफेर गर्नेक्रममा प्रधानमन्त्री ओलीले सात वटा मन्त्रालय आफ्नै मातहत राख्न लागेका हुन् । 

मन्त्रिपरिषद् हेरफेर गरेका ओलीले रक्षा मन्त्रालय, गृहमन्त्रालय, कृषि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र पर्यटन मन्त्रालय अरुलाई जिम्मा दिएनन् । 


जसपाको महन्थ ठाकुर समूह ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएपछि यसअघि ओलीको क्याबिनेटमा भएका चार जनाबाहेक अरु मन्त्री भने बाहिरिने पक्का भएको छ । आज बिस्ता हुन लागेको मन्त्रिपरिषद् १७ सदस्य हुने बताइएको छ ।  ओलीले रघुवीर महासेठ र शेरबहादुर पुनलाई पनि आफ्नो क्याबिनेटमा समावेश गर्न लागेका छन् ।  


Author

थप समाचार
x