राजनीति

उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्छ : अर्थमन्त्री महत

इकागज |
पुस १०, २०८० मंगलबार १५:२५ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताउनुभएको छ । 

उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताएका हुन् । उनले विभिन्न उद्योगमा भइरहेको अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।


चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोडसेडिङ हुँदा दिएको डेडिकेटेड लाइनबारेका विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत् प्राधिकरणले पुनः विचार गर्नुपर्ने बताए ।

 अर्थमन्त्री महतले साच्चिकै तिर्नुपर्ने रकम कति हो वा होइन ? भन्ने कुराको निर्क्यौल गरी सहज भइसकेपछि यस्ता निर्णय लिन उपयुक्त हुने भनाइ राखे । उनले धेरै समय पर्खिसकेपछि प्राधिकरणले अनुकूल समयमा र आर्थिक हिसाबले सहज भएको अवस्थामा यस्तो निर्णय गर्दा राम्रो हुने बताए ।

अर्थमन्त्री महतले सरकारले अफ्ठ्यारो बेलामा उद्योगी व्यवसायीहरूलाई राहत दिनुपर्ने उल्लेख गरे ।


Author

थप समाचार
x