राजनीति

राष्ट्रिय संस्कृति ऐन बनाउन अध्ययन कार्यदल बनाएर काम भइरहेकाे छ : मन्त्री किराती

इकागज |
पुस १०, २०८० मंगलबार २१:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय संस्कृति ऐन बनाउन अध्ययन कार्यदल बनाएर काम गरिरहेको बताएका छन् ।

सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय संस्कृति ऐन बनाउन अध्ययन कार्यदल बनाएर काम गरिरहेको भन्दै पर्यटन ऐन २०३५ संशोधनको काम अन्तिम चरणमा रहेको जानकारी दिए । उनले आफू मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको भन्दै देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी समेत गरे ।


मन्त्री किरातीले आफू मन्त्री भइसकेपछि एक महिनामा इ टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरूमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताए ।

उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताए । उनले हवाई उडान हुन नसकेको २२ वटा खालि एयरपोर्टहरूमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको भन्दै ८ वटा भन्दा बढी विमानस्थलमा रात्रिकालीन सेवा सुरु गरेको र ४१ मुलुकमा हवाई सम्झौता गरेको उल्लेख गरे ।

मन्त्री किरातीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्ने गरी विद्युतीय मेसिन जडान कार्य अन्तिम चरणमा पुर्याएको बताए । उनले लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम विन्दुमा पुग्न आफू सफल भएको पनि बताए ।

यस्तै मन्त्री किरातीले क्रिसमस फेस्टिबलका अवसरमा आफूले संविधान अनुसार नै बोलेको समेत स्पष्ट पारे ।


Author

थप समाचार
x