राजनीति

मन्त्रिपरिषद् पुनर्गठन : एउटा छोटो टिप्पणी

इकागज |
जेठ २१, २०७८ शुक्रबार २१:४४ बजे

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री मण्डल गठनसँगै त्यसमा प्रश्न उठेको छ । मन्त्रिपरिषद्मा फरक फरक दृश्यहरू देखिएका छन् । अहिलेको मन्त्रिपरिषद्मा श्रीमतीलाई विदाई गर्दै श्रीमान शक्तिशाली मन्त्री भएका छन्, रघुविर महासेठ । राजनीतिमा आफू भन्दा जुनिएर व्यक्ति नै उपप्रधानमन्त्री भएको भन्दै हृदयेश त्रिपाठी मन्त्रीबाट बिदा भएका छन् ।

उनलाई ओलीले सिधा नहटाए पनि हटोस् भन्ने तवरबाट जुनयिरलाई माथिल्लो तहमा ल्याएका थिए । त्रिपाठी कोभिड खोप खरिदमा ओलीको निकट बिचौलियालाई साथ नदिएको भन्दै खोप खरिदबाट प्रक्रियाबाट समेत बाहिरिएका थिए ।


ओली स्वयंले सात मन्त्रालय राखेर माधव नेपाल समूहसँग वार्ता जारी राखेका छन् । एमाले भित्रको झगडा मिलाउन उनले शक्तिशाली सहित सात मन्त्रालय राखेका छन् । जसको कारण उनले माधव नेपाल समूहबाट केही नेता आफूतिर आकर्षित गर्न सक्नेछन् ।

माधव नेपाल स्वयंले पनि ओलीसँग वार्ता र नयाँ दल दर्ता प्रक्रियासँगै लैजाने आजको भर्चुअल बैठमा पनि बोलेका छन् । यो पाटोबाट हेर्दा एमाले मिलाउन पनि ओली लागेको देखिन्छ । अदालतले संसद् पुनः स्थपना नगरेको खण्डमा नेपाल समूह ओलीसँग मिल्न सक्ने अड्कल ओली पक्षको छ । यदि पुनः स्थापना भएमा के गर्ने भन्ने बारे भने कुनै टुंगो छैन ।

ओलीले पनि शपथपछि आफ्ना नेताहरुसँग बोल्दै भने,‘अब, सबै मिल्दै जानेछ । राम्रोसँग काम गरौँ । बिदा भएका साथीहरुले पनि महाधिवेशनको तयारी गराउनु हुनेछ ।’ यसरी ओलीको आत्मविश्वास देख्दा सहभागी जसपा नेताहरु आफैँमा दंग थिए । यो मन्त्रीमण्डल केही दिनको हो भन्ने धारणा सार्वजनिक भइरहँदा ओलीले उनीहरुलाई ढाडस दिँदै भने,‘यहाँहरुले राम्रोसँग काम गर्नुपर्छ हामीले नै चुनाव गराउने हो ।’  

उता उपप्रधानमन्त्रीमा आफू भन्दा जुनियर व्यक्ति आएको भन्दै बाहिरिएको दाबी गर्ने त्रिपाठीले यसअघि पनि राजनीतिमा आफूभन्दा तल्लो वरियताको व्यक्ति आफूभन्दा माथिल्लो वरियतामा हुँदा भने किन मन्त्री पद ओगटे ?

आज अर्थमन्त्री विष्णु पौडेल पहिलो वरियताको उपप्रधानमन्त्री, जसपाका वरिष्ठ नेता राजेन्द्र महतो र एमालेकै रघुवीर महासेठ उपप्रधानमन्त्री भएका छन् । उनीहरु राजनीतिको हिसाबले त्रिपाठी भन्दा जुनियर हुन् । तर, यसअघि उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेल पनि त्रिपाठीभन्दा जुनियर हुन् । वरियतामा त्रिपाठीभन्दा पोखरेल नै अगाडि थिए ।  

 


Author

थप समाचार
x