बालकुमारी घटनाको विषयमा प्रधानमन्त्रीले गरे शीर्ष नेताहरूबीच छलफल
फाइल तस्बिर
काठमाडौं - बालकुमारी घटनाको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल गरेका छन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो दिउँसो भएको सो घटनाका बारेमा आज बिहान प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् ।
उक्त घटनाको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले आज बिहान बालुवाटारमा गठबन्धन दलका मुख्य नेतृत्वहरू, उपप्रधानमन्त्रीहरू, सरकारका उच्च पदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरूसङ्ग परामर्श बैठक जारी राख्नु भएको छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले हिजो नै यो घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घटनाका विषयमा सत्य तथ्य छानबिन गर्न निर्देशन गरिसकेका छन् ।
हिजो दिउँसो कोरियाको इपिएस प्रणालीका विषयलाई लिएर बेरोजगार समूहले भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओरालेर उनको सवारीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले आगजनी गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि चलाएको गोली लागे दुई बेरोजगार युवाको मृत्यु भएको थियो । जसको अहिले चौतर्फी आलोचना भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया