राजनीति

मेयर साम्पाङलाई लक्षित गर्दै प्राधिकरणका कर्मचारीले भने - ‘धरानमा विमानस्थल बन्दैन’

इकागज |
पुस १५, २०८० आइतबार १२:२२ बजे

काठमाडौँ -  नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका आधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष श्रवणकुमार यादवले धरानमा विमानस्थल नबन्ने बताएका छन् । 

यादवले आइतबार प्रधिकरणको ‘२५औँ वार्षिक समारोह’मा उनले धरानमा विमानस्थल बन्न नसक्ने  बताएका हुन् । 


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्राधिकरणका व्यवस्थापन तथा कर्मचारीलाई चुनौती दिएको उनको भनाइ छ  । 

'एउटा विमानस्थल बनाउन अर्बौ रूपैयाँ लाग्छ। विराटनगरबाट धरान टाढा छैन। भावनामा बगेर निर्णय गर्नु हुदैन,' उनले भने।

विमानस्थलमा भएका उपकरणलाई व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। धरानका मेयरले पछिल्लो समय विमानस्थल बन्ने धारणा सार्वजनिक गर्दै आएका छन्।  नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका लागि अध्ययन टोली बनाएको थियो । टोलीले धरानमा गएर अध्ययन पनि गरिसकेको छ ।


Author

थप समाचार
x