नागरिकको अवस्था परिवर्तनको निम्ति सरकार अहोरात्र खटिरहेको छ : मन्त्री गुरुङ
फाइल तस्बिर
काठमाडौँ- शहरी विकासमन्त्री सीता गुरुङले सरकार नागरिकको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताएकी छिन् ।
आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव-२०८० लाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार नागरिकको अवस्था परिवर्तनको निम्ति अहोरात्र खटिरहेको बताएकी हुन् । उनले नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीहरूप्रति सरकार सजग रहेको बताइन् ।
मन्त्री गुरुङले केही भएको छैन र केही हुँदैन भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै विगतका दिनहरूमा भन्दा अहिले राम्रो हुँदै गइरहेको जिकिर गरिन् । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी सहभागिता जोगाउने चुनौती रहेको पनि बताइन् । उनले संविधानलाई संस्थागत गर्न सबैले साझा संकल्प गर्नुपर्ने बताइन् ।
मन्त्री गुरुङले नेपालको सांस्कृतिक मूल्य र मान्यताहरूलाई बचाउनुपर्नेमा जोड दिइन् । उनले धार्मिक र सांस्कृतिक सम्पदा र संस्कृतिलाई जोगाएर लानुपर्ने बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया