राजनीति

सांसद राईले भने - गृहमन्त्रीज्यू तपाईं शालीन हुनुहुन्छ, राजीनामा दिनुस्

इकागज |
पुस १६, २०८० सोमबार ११:५१ बजे

फाइल तस्बिर

काठमाडौँ -  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । 

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद राईले गृहमन्त्रीले राजीनामा दिएर आयोगलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताएका हुन् । उनले सरकारले युवाहरूमा देखिएको असन्तुष्टिलाई छलफल गरी समाधान गर्नुपर्ने ठाउँमा गोली हानेर मार्ने कुरा सह्य नहुने चेतावनी दिए । उनले समस्या सिर्जना भइसकेपछि गम्भीर रुपमा लिएर समाधान गर्न जानुपर्छ की गोली हान्नुपर्छ ? भन्दै प्रश्न गरे । उनले गृहमन्त्री श्रेष्ठले राजीनामा नगरेसम्म आयोगले निष्पक्ष भएर काम गर्न नसक्ने जिकिर गरे । 


उनले भने, ‘मेरो एउटा प्रश्न सुरक्षा प्रमुखलाई छ । एकदम तोडमोड गरेर यहाँ कुरा राख्न मिल्दैन । किन भने मैले मेरो आँखाले देखेको छु । किन भने जब समस्या सिर्जना भइसकेपछि सरकारले त्यसलाई गम्भीर रुपमा लिएर समाधान गर्न जानुपर्छ की गोली हान्नुपर्छ ? ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ ? आज मान्छे रोजगारको निम्ति खान र लाउन पाउनुपर्छ भनेर मेहनत गरी गरी देशमा केही नभएपछि विदेश जान पाउनुपर्छ भन्ने मान्छेलाई मार्न कहाँ मिल्छ । यो संविधानमा खान पाउने कुरा त मौलिक अधिकार छ के हो ? किन यस्तो हुन्छ ? तपाईँले मुलुक चलाउन सक्नुभएन गृहमन्त्रीज्यू । चारैतिर असन्तुष्टि छ । यसरी मान्छे मार्न पाइँदैन, तपाई तत्काल राजीनामा दिनुस् । समस्याको समाधान हामीले निकाल्नुपर्छ । यदि तपाई नै गृहमन्त्री रहिरहनु भयो भने के होला परिणाम । युवाहरूलाई सम्झाउनु पर्ने हो, गोली हान्न मिल्छ ? मान्छे मार्न कहाँ लेखिएको छ ? तलको मानिसलाई कारबाही गरेर मात्रै हुन्छ, आइजीपीलाई कारबाही गर्नुस् ।’

सांसद राईले सरकारले सानालाई नभइ ठूलालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउ । 


Author

थप समाचार
x