राजनीति

माईतीघरको निषेधाज्ञा तत्काल हटाउन गगन थापाको माग

इकागज |
पुस १६, २०८० सोमबार १२:५५ बजे

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालेमाईतीघरको निषेधित क्षेत्र हटाउन सरकारसँग माग गरेका छन् । 

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले माईतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका हुन् । उनले माईतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको बताए । 


उनले भने, ‘माईतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ । हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेण्ट हो । उहाँहरुले सरकारले सुन्छ भनेर माईतीघरमा देखाउन खोज्नुभएको हो । हिजो हामीले त्यही गरेको हो । तर अहिले माईतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । बल प्रयोग गर्ने घटनाले बढाउँदै लैजाने त हो । हाम्रो डेमोक्रेसीमा हामीले एउटा ठाउँ बनाएको हो । यसको औचित्य छैन, यसको तत्काल खारेज गर्न अनुरोध गर्छु ।’


Author

थप समाचार
x