राजनीति

संविधानले दिएको अधिकार उपयोग गर्ने वातावरण बनाउनुपर्छ : प्रदेश प्रमुख शेरचन

इकागज |
पुस १७, २०८० मंगलबार १९:४८ बजे

फाइल फोटो

काठमाडौँ - लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानले दिएको अधिकार उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । 

मंगलबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा थारू आयोगको पाँचौ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले अहिलेको संविधानले सबैलाई अधिकार दिएको भन्दै अधिकार स्थापित गर्नका लागि आयोग लगायत सबैै गम्भीर बन्नुपर्ने बताए । गणतन्त्र स्थापनापछि अधिकार स्थापित गर्नका लागि विभिन्न आदिवासी जनजाती आयोगहरु गठन गर्नुपरेको उनले बताए । उनले नामको मात्रै आयोगको अर्थ नरहेको बताउँदै आयोगले दिएको काम, कर्तव्य र अधिकार अनुसार काम गरेर देखाउन सकेमा आयोग गठन भएको पुष्टि हुने धारणा राखे । 


उक्त कार्यक्रममा बोल्दै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा थारू भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सरकारसँग माग गरे । 


Author

थप समाचार
x