उसैले उत्पादन गरेको विद्युत मात्र होइन, जसले गरेको भए पनि भारतले किन्ने होः प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले जसले उत्पादन गरे पनि भारतले १० हजार मेघावाट विद्युत किन्ने जानकारी दिएका छन् ।
शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त जानकारी दिएका हुन् ।
'भारतले खरिद गर्ने भनिएको विद्युत उसले मात्र निर्माण गर्ने हैन, जताबाट उत्पादन भएपनि १० हजार मेगावट भारतले किन्ने सम्झौता भएको हो,' प्रधानमन्त्री प्रचण्डले बैठकमा भने ।
नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले लगानी गरेर उत्पादन गरेको बिजुली मात्रै किन्ने विषयमा सम्झौता भएको भए, त्यो गलत हुने भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे पछि उनले सो प्रष्टीकरण दिएका हुन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया