सवारी चालक अनुमतिपत्र छपाइको काम छिट्टै अघि बढ्छ : मन्त्री ज्वाला
'सडकहरूलाई धुलोरहित बनाउने तयारीमा छौं'
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइको काम छिट्टै अघि बढ्ने बताएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्वालाले छिट्टै ६ लाख कार्ड आउने टुङ्गो लागेकाले सवारी चालक अनुमतिपत्र छपाइको काम छिट्टै अघि बढ्ने बताएका हुन् । कार्ड आएपछि दैनिक तीन हजार कार्ड छपाई हुने उनको भनाइ छ ।
त्यस्तै मन्त्री ज्वालाले १६ लाख कार्डका लागि टेन्डर गरिएको भन्दै तीन/चार महिनामा टुङ्गो लाग्ने बताउ ।
उनले मुलुकका सडकहरूलाई धुलोरहित बनाउने तयारी भइरहेको बताए । सुरुङमार्ग, द्रुतमार्गलगायतका राजमार्गहरूको निर्माणको कामले तीव्रता पाएको र सरकारको हस्तक्षेपले नै सकारात्मक नतिजा देखिन थालेको उनले दाबी गरे । उनले समयमा नै काम नगर्नेहरूमाथि कारबाही गरी ठेक्का तोड्नेसम्मको काम भएको बताए ।
मन्त्री ज्वालाले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर लागू भए पनि तेलको मूल्यसंग मात्रै सम्बन्धित देखिएकाले सवारीको पाटपुर्जाका आधारमा वैज्ञानिक भाडादर पुनरावलोकन गर्न लागेको धारणा राखे । मन्त्री ज्वालाले सवारी क्षेत्रको बीमाको समस्या पनि समाधान गर्ने प्रतिबद्धता समेत जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया