राजनीति

राष्ट्रिय सभाको उम्मेदवार छनोटमा कांग्रेस नेताहरू असन्तुष्ट

इकागज |
पुस २३, २०८० सोमबार १५:४७ बजे

काठमाडौँ–राष्ट्रिय सभाको उम्मेदवार छनोटमा कांग्रेस नेता अर्जुन नरसिंह केसी र बलबाहादुर केसीले फरक मत राखेका छन् । दुई नेताले विभिन्न कारणले अवसरबाट वञ्चित भएकालाई प्राथमिकता दिने भन्ने व्यवस्थालाई ठाडो उल्लङ्घन भएको भन्दै फरक मत राखेका छन् । 

केन्द्रीय सदस्यद्वय  अर्जुननरसिंह केसी र बलबहादुर केसीले संयुक्तरुपमा फरक मत राखेका हुन् । ‘संसदीय बोर्डले विधानअनुसार आजसम्म पूर्णता पाएको छैन जुन उम्मेदवार छनोटको अनिवार्य वैधानिक सर्त हो,’ फरक मतमा लेखिएको छ, ‘यसबाट गम्भीर त्रुटी र स्वेच्छाचारिता स्पष्ट देखिएको छ ।’


उम्मेदवार छनोटले समावेशीताको संवैधानिक सिद्धान्तलाई उलङ्घन गरेको पनि उनीहरूको आरोप छ । यस्तै यसअघि महामन्त्री गगन कुमार थापाले पनि उम्मेदवार चयनका विषयमा आफ्नो फरक मत राखेका छन् ।

कांग्रेस नेता मिनेन्द्र रिजालले पनि उम्मेदवार छनोटको विषयमा असन्तुष्टि जनाउँदै निर्वाचन पछि आफ्नो धारणा राख्ने बताएका छन् । 


Author

थप समाचार
x