राजनीति

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र आयरल्याण्डका माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

हवाई प्रतिबन्ध खुल्ला गर्न पहल गरिदिन आग्रह

इकागज |
पुस २३, २०८० सोमबार १६:१८ बजे

काठमाडौँ–राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष  जेरि बट्टिमर बिच आज(सोमबार) भेटवार्ता भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपिएन युनियनले नेपाल माथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह गरे । अध्यक्ष तिमिल्सिनाले आयरल्याण्डमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति बढाउन आग्रह गर्दै  त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको विकास र सम्बृद्धिमा लगाउन सकिने विश्वास व्यक्तसमेत गरे ।


भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो  सदनका अध्यक्ष बुटिमेरले  आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने विषयमा संवाद र छलफल अगाडि बढाउने आश्वासन दिए । 

अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको असम्बन्धलाई सुमधुर बनाउन संसद र सांसदहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै भ्रमणबाट एक अर्काको संसदीय अभ्यास र अनुभव बुझ्ने अवसर उपलब्ध हुने विश्वास व्यक्त गरे । ‘यसबाट संसदीय लोकतन्त्रलाई सुदृढ बनाउँदै हाम्रा नागरिकको अधिकार सुनिश्चत गर्न सघाउ पुग्छ,’ उनले भने । 

अध्यक्ष बट्टिमरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) , सभामुख देबराज घिमिरे  र परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसंग पनि भेटघाट गर्ने कार्यक्रम छ । 


Author

थप समाचार
x