राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारविरूद्ध उजुरी दिन सकिने
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय सभा उम्मेदवारीविरूद्ध आज उजुरी दिन समय छुटाइएको छ । सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरूद्ध आज उजुरी दिने समय छुटाइएको निर्वाचन आयोगले जनाएको छ ।
फागुन २० गते समय सकिन लागेका २० सदस्यमध्ये १९ जना निर्वाचित भएर जानेछन् भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् ।
जसका लागि हिजो सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो । भोलि भने यसरी परेका उजुरीविरूद्ध छानबिन गरिनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया