घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
फाइल तस्बिर
काठमाडौँ- राप्तीमा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।
गएराति नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेपछि प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका हुन् ।
‘बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खस्दा १२ जना यात्रुको मृत्यु भएको दुर्घटनाप्रति दु:ख व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘दुर्घटनामा मृत्यु हुनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उद्दार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशित गर्दछु ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया