राजनीति

कैलालीमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन

इकागज |
जेठ २३, २०७८ आइतबार १४:५२ बजे

धनगढी : कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड चोकमा नेकपा माओवादी केन्द्रनिकट वाइसियल र अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गर्दै  पुत्ला दहन गरेका हुन् ।  

संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरिएको हो भने ढुङ्गा, गिटी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा कार्यक्रम ल्याएको भन्दै प्रधानमन्त्री ओलीको समेत पुत्ला दहन गरीएको बताइएको छ ।


उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गरेपछि नेपाललाई बहु राष्ट्र र बहु राज्य बनाउने मुक्ति आन्दोलन आवश्यक रहेको अभिव्यक्ति दिएका थिए । यसको चौतर्फी विरोध भइरहेको छ । त्यस्तै सरकारले बजेट वक्तव्यमै चुरे क्षेत्रको ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने उल्लेख गरेपछि त्यसको पनि विरोध भइरहेको छ । 


Author

थप समाचार
x