पूर्वराजा ज्ञानेन्द्रद्वारा शिवनगर महादेव मन्दिरमा पूजा
रौतहट- पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको मध्यभाग शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन् । निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो पुगेका पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए ।
सो क्रममा बाटोको दुवैतर्फ बसेका हजारौं समर्थकले फूलमालाले भव्य स्वागत गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रले समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए । उनी मन्दिरमा पूजा गर्ने क्रममा हजारौं समर्थकहरूले 'राजा आउ देश बचाउ' भनेर नारा लगाएका थिए ।
उनको स्वागतमा शिवनगर चौकमा बनाइएको गेटमाथि राखिएको ब्यानर उनी आउनु एक घण्टाअघि प्रहरीले हटाएको थियो । मन्दिर छेउको ब्यानर प्रहरीको हटाउन प्रयास स्थानीयको विरोधपछि हटाएनन् ।
प्रहरी स्रोतका अनुसार ब्यानरमा राजा र अवैध संविधान लेखिएकाले हटाइएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा झण्डै १० हजार मानिसको सहभागिता रहेको अनुमान गरिएको छ ।
पूर्वराजा करिब ३० मिनेटपछि फर्किएका थिए । उनले सम्बोधन गरेनन् । उनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले सुरक्षाको नेतृत्व गरेको थियो । न्युजकारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया