राजनीति

प्रदेश २ : जेठ २७ गते नीति तथा कार्यक्रम, असार १ गते बजेट

इकागज |
जेठ २३, २०७८ आइतबार १९:३५ बजे

जनकपुरधाम  : प्रदेश २ प्रदेश सभाको चालु पाँचौँ अधिवेशन सोमबार अन्त्य गरी सोमबारनै बजेट अधिवेशन गर्ने सुरु हुने भएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रमुख राजेश झा (अहिराज)ले सोमबार दिउँसो १ बजे बस्ने गरी  प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।

सोमबार बस्ने बैठकमा दलका नेताहरूले शुभकामना दिने र त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रि–बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए ।


प्रदेश सरकारले जेठ २७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र संवैधानिक व्यवस्था अनुसार असार १ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत हुने प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

प्रदेश सभामा प्रदेश प्रमुख झाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । 


Author

थप समाचार
x