एमालेलाई एक बनाउने भन्दै ओलीले भने : २०७५ जेठ ३ अघिको अवस्थामा फर्कन तयार छु
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थाबाट अघि बढाउन तयार रहेको बताएका छन् । आज आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधवकुमार नेपालसहितका नेतालाई ६ बुँदे अपिल पनि जारी गरेका छन् ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सारेका छन् । त्यस्तै देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरी अदालतमा दायर रिट फिर्ता हुनुपर्ने शर्त पनि ओलीको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया