लामिछानेविरुद्ध छानबिन माग गर्दै संसदीय समिति र सभामुखकोमा उजुरी
तस्विरः फाइल फोटो
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेविरुद्ध उजुरी परेको छ । लामिछाने सदस्य रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमै उजुरी परेको हो ।
मंगलबार सांसद लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले समितिमा उजुरी दर्ता गराएका हुन् । सफलले सभामुख देवराज घिमिरेको सचिवालयमा पनि उजुरी दर्ता गराएका छन् ।
उजुरीकर्ता सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाएका छन् । केही दिनअघि उनले सहकारी विभागमा पनि उजुरी दर्ता गराएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया