को को पुगे विराटनगरको कोइराला निवासको चियापानमा ?
काठमाडौँ - विराटनगरको कोइराला निवासमा भएको चियापानमा काँग्रेसका केन्द्रीय नेताहरूको भीड लागेको छ । राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस नेता डा. शेखर कोइरालाले गरेको चियापानमा काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यलगायत नेताहरू सहभागी भएका हुन् ।
महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरू कृष्ण प्रसाद सिटौला, मिनेन्द्र रिजाल, बल बहादुर केसी, मीन विश्वकर्मा, रुक्मिणी कोइराला, सुनिल शर्मा, तारामान गुरुङ, रामहरि खतिवडा, आङगेलु शेर्पा, प्रदीप सुनुवार, बल बहादुर केसी, सरिता प्रसाईं र दीपक खड्कालगायत सहभागी भएका थिए । त्यस्तै प्रदेश मुख्यमन्त्री केदार कार्की, प्रदेश सभापति उद्धव थापा सहभागी भए ।
त्यस्तै पूर्व सांसदहरू, जिल्ला सभापतिहरूपनि चियापानमा सहभागी भएका थिए । त्यस्तै गठबन्धन दलका नेताहरू पनि चियापानमा सहभागी भएको कोइरालाको सचिवालयले जनाएको छ । गठबन्धन दलका उम्मेदवारहरू नेकपा माओवादी र जनता समाजवादीका नेताहरू चियापानमा सहभागी भएका थिए ।
कोइरालाले कोशी प्रदेश सभाका सदस्यहरू र स्थानीय तहका प्रमुख उपप्रमुखसँग भेटघाटका लागि आज विराटनगरमा चियापान कार्यक्रमको आयोजना गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया