राष्ट्रिय सदस्य निर्वाचन: कुन प्रदेशमा कति मत खस्यो ?
फाइल तस्बिर
काठमाडौँ । राष्ट्रिय सदस्य निर्वाचनको मतगणना केहीबेरमा सुरु गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सम्पन्न भएपछि प्रेस विज्ञप्ति जारी गर्दै आयोगले केहीबेरमा मतगणना सुरु गर्ने जनाएको हो ।
'सातै प्रदेशमा मतगणनाको कार्य निर्वाचन अधिकृतको कार्यालयमा प्रारम्भ गर्ने तयारी भई रहेको र आजै निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम समेत रहेको छ', आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सबै निर्वाचन अधिकृतको कार्यालयहरुबाट प्राप्त विवरण अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलक सदस्यहरू मध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान गरी सय प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मतदान गरी ९९.२७ प्रतिशत मतदान भएको छ । यसरी कोशी प्रदेशतर्फ कूल मतदाता ३६६ मा ३६४ जनाले मतदान गरेकोले ९९.४५ प्रतिशत मतदान भएको छ ।
मधेश प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ १०७ जना मतदाता रहेकोमा १०६ जनाले मतदान गरी ९९.०७ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २६७ मतदाता रहेकोमा २६७ जनाले नै मतदान गरी सय प्रतिशत मतदान भएको छ । यसरी मधेश प्रदेशतर्फ कूल मतदाता ३७४ मा ३७३ जनाले मतदान गरेकोले ९९.७३ प्रतिशत मतदान भएको छ ।
बागमती प्रदेशमा प्रदेश सभाका सदस्य तर्फ ११० जना मतदाता रहेकोमा १०८ जनाले मतदान गरी ९८.१८ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २३७ मतदाता रहेकोमा ३३४ जनाले मतदान गरी ९८.७३ प्रतिशत मतदान भएको छ । यसरी बागमती प्रदेशतर्फ कूल मतदाता ३४७ मा ३४२ जनाले मतदान गरेकोले ९८.५६ प्रतिशत मतदान भएको छ ।
गण्डकी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ६० जना मतदाता रहेकोमा ६० जनाले नै मतदान गरी सय प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ जनाले मतदान गरी ९९.४१ प्रतिशत मतदान भएको छ । यसरी गण्डकी प्रदेशतर्फ कूल मतदाता २३० मा २२९ जनाले मतदान गरेकोले ९९.५७ प्रतिशत मतदान भएको छ ।
लुम्बिनी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाता रहेकोमा ८७ जनाले नै मतदान गरी सय प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ मतदाता रहेकोमा २१६ जनाले मतदान गरी ९९.०८ प्रतिशत मतदान भएको छ । यसरी लुम्बिनी प्रदेशतर्फ कूल मतदाता ३०५ मा ३०३ जनाले मतदान गरेकोले ९९.३४ प्रतिशत मतदान भएको छ ।
कर्णाली प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ४० जना मतदाता रहेकोमा ४० जनाले नै मतदान गरी सय प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ मतदाता रहेकोमा १५६ जनाले नै मतदान गरी सय सय प्रतिशत मतदान भएको छ । यसरी कर्णाली प्रदेशतर्फ कूल मतदाता १९६ मा १९६ जनाले नै मतदान गरेकोले सय प्रतिशत मतदान भएको छ ।
सुदुरपश्चिम प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५२ जना मतदाता रहेकोमा ५२ जनाले नै मतदान गरी सय प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७६ मतदाता रहेकोमा १७३ जनाले मतदान गरी ९८.३० प्रतिशत मतदान भएको छ । यसरी सुदुरपश्चिम प्रदेशतर्फ कूल मतदाता २२८ मा २२५ जनाले मतदान गरेकोले ९८.६८ प्रतिशत मतदान भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया