राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको दुवै उम्मेदवार निर्वाचित
जनकपुरधाम- मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको तर्फबाट बनेका दुवै उम्मेदवार निर्वाचित भएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएका छन् ।
ढुंगानाले प्राप्त गरेको मत भार ७ हजार ३७० छ भने उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी हुन् । यस्तै जनमतका रामशंकर महासेठले पाएको मतभार ८१८ छ । महिलातर्फ निर्वाचित चौधरीको मत भार ७ हजार ९२३ छ भने उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी उषादेवी थरुनीले प्राप्त गरेको मतभार २ हजार ४४६ हो ।
बिहीबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान हुँदा कुल मतदाता ३७४ रहेकोमा ३७३ जनाले मतदान गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया