सत्ता गठबन्धनको उम्मेदवार हराउँदै कोशीमा रुक्मिणी कोइराला निर्वाचित
विराटनगर - कोशीमा एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले हराउँदै कोइराला निर्वाचित भएकी हुन् । चम्पादेवी माओवादी केन्द्रकी उम्मेदवार हुन् ।
एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।
प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेश सभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् ।
स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया